Wednesday, December 2

सुर्यलाई जल यि चिज मिसाएर चढाउनुस भाग्य चम्किन्छ

October 29, 2020 244

काठमाडौँ । ज्योतिषमा सूर्यदेवलाई सबै ग्रहको राजा मानिने गरिन्छ। त्यसैले सूर्यको पूजाबाट कुण्डलीमा भएको सबै ग्रह दोष हटाउन सकिने विश्वास गरिन्छ।

सूर्य देवलाई खुसी पार्ने सबै भन्दा कारगर र सजिलो उपाय हो विहान सूर्य देवलाई अघ्र्य दिनु। जुन घरमा विहान यो सानो काम गरिन्छ, उनीहरुलाई घर, परिवार र समाजमा मान सम्मान प्राप्त हुने गर्दछ। आज हामी तपाई इंद्रेश्वर महादेव मन्दिरका पुजार ज्योतिषाचार्य सुनील नागरले बताएका सूर्यलाई जल चढाउने विधि र सरल मन्त्रका बारेमा जानकारी दिदैछौँ।

पूजा विधि
विहान सूर्योदय भन्दा चाडै उठ्नुहोस्, स्नान गर्नुहोस्, स्नान गर्दा पानीमा थोरै जल पनि मिलाउनुहोस्। त्यसपछि सफा बस्त्र लगाउनुहोस्।

त्यसपछि सूर्यदेवका सामु आसन विछ्याउनुहोस्। त्यसपछि आसमा उभिएर तामाको भाँडोमा पवित्र जल भर्नुहोस्।

त्यस जलमा थोरै मिश्री पनि मिलाउनुहोस्। मान्यता छ की सूर्यलाई गुलियो जल चढाउँदा जन्मकुण्डलीको मंगल दोष हटेर जाने गर्दछ।

प्रतिकृया दिनुहोस्