Wednesday, December 2

चम्चाको सहायताले घरमै बसी यसरी हटाउनुहोस् अनुहारमा आएको चाउरी पन

October 19, 2020 202

काठमाडौँ । अनुहारलाई सुन्दर बनाई राख्नको लागि मसाजको जरूरी हुन्छ । मसाज गर्नाले अनुहारमा चमक आइरहन्छ । मसाजका पनि अनेकौं तरीका हुन्छन् । के तपाईंले चम्चा मसाजको बारेमा सुन्नु भएको छ ?

हामीले खानेकुरा खाने चम्चामा नै यस्तो शक्ति हुन्छ जसले हाम्रो अनुहारलाई सुन्दरता प्रदान गर्छ । चम्चाले मसाज गर्ने तरीका एक नयाँ तरिका हो ।

चम्चाले मसाज गर्नु एकदमै राम्रो हुन्छ । चम्चाले मसाज गर्नाले छालामा दबाब हुन्छ र तातोपन आउँछ । तातोपन आउनाले छालाको कोशिकामा ब्लड सर्कुलेशन बढ्छ जसले गर्दा छाला स्वस्थ बनिरहन्छ ।

चम्चाले मसाज गर्नाले चाउरीपनको समस्या पनि हट्छ । यदि तपाईंको आँखाको तल पफ बनेको छ भने पनि चम्चाले मसाज गर्नु लाभदायक हुन्छ । चम्चाको मसाजको राम्रो परिणाम पाउनको लागि यसलाई नियमित रूपमा गर्नु आवश्यक छ ।

चम्चाको सहायताले कसरी गर्ने त अनुहारमा मसाज ? सबभन्दा पहिला फेसवासले अनुहार धुनुस् । यसपछि सफा टबेलले अनुहारलाई राम्रोसँग पुछ्नुहोस् ।

अब एउटा चम्चा र एउटा कचौरामा नरिवलको तेल वा जैतुनको तेल लिएर यसलाई हल्का तातो बनाउनुस् । चम्चालाई हल्का दबाबले पकड्नुस् । चम्चालाई तलतिरबाट माथितिर घुमाउनुहोस् ।

मसाज गर्दा चम्चाको खानेतिरको भागलाई प्रयोग गर्नुहोस् । गालामा चम्चालाई घुमावदार तरीकाले तलतिरबाट माथितिर लैजानुस् । आँखाको तलतिर चम्चा घुमाउँदा एकदमै सावधानी अपनाउनुस्, आँखालाई चोट पुग्न सक्छ ।

गर्धनको पछाडी पट्टी पनि चम्चाको सहायताले मसाज गर्न सकिन्छ । यसले शरीरलाई पनि आराम मिल्छ ।

प्रतिकृया दिनुहोस्