Wednesday, October 28

दुनियाँमै अचम्मको ठाउँ जहाँ बिहे गरिदिनकै लागि छोरीलाई ज’बर्जस्ति मोटी बनाईन्छ

May 25, 2020 785

महिलाको सपना नै हुन्छ, स्लीम र आकर्षक देखिनु । यसका लागि उनीहरु जे गर्न पनि तयार हुन्छन् । तर, संसारमा यस्ता पनि देश छन्, जहाँ स्लीम महिलालाई आकर्षक ठानिदैंन ।अफ्रिकाको मौरिटानिया एक यस्तो देश हो, जहाँका महिला पातला र स्लीम भएको कसैले मन पराउँदैंनन् । यहीकारण युवतीहरुलाई सानैदेखि ज’बर्जस्ती मोटो बनाइन्छ ।

नेशनल जियोग्राफिकका अनुसार सो देशमा मोटी महिलालाई सुन्दर र से’क्सी मानिन्छ । मौरिटानियामा आमाहरु आफ्ना छोरीलाई शरीरमा बोसो जम्मा गर्ने खालको खाना दिन्छन् । ध’म्काएर, डराएर दुध खान लगाइन्छ । खाना खाने बेलामा आमाहरु लठ्ठी लिएर बस्छन् । जुन घरका छोरीहरु मोटा हुन्छन्, त्यो घर धनी भएको विश्वास गरिन्छ ।
ज’बर्जस्ती खाना खुवाउँदा बालिकाहरु कतिपय बिरामी नै पर्छन् ।मौरिटानियाका महिलाहरु भन्छन्, ‘ज’बर्जस्ती खाना खुवाउँदा एकछिन त रुन्छन्, तर जब उनीहरु ठुला हुन्छन्, उनीहरुको मोटो शरीर समाजको हिसाबले गर्व गर्न लायक हुन्छ । उनीहरुका अनुसार मोटो युवतीलाई राम्रो परिवारले बिहेको अफर गर्छन् ।

यस्तै, कतिपय ठाउँमा किशोरी उमेरदेखि नै जनावरलाई प्रयोग गरिने ग्रोथ हर्मोन र अन्य ख’तरनाक औषधि प्रयोग गरेको पाइएको छ । सानै उमेरमा २०० किलोसम्मका मोटा भएपछि महिलाहरुमा मुटुसहितका स्वास्थ्य समस्या देखिन थालेका छन् । मौरिटानियामा प्रयोग गरिएको यस्तो अभ्यासलाई अधिकारकर्मीहरुले विरोध गरेका छन् । न्युज २४ नेपाल बाट ।

यो पनि पढ्नुहोस आम रुपमा पुरुषहरु स्लिम जिउ भएका अर्थात् सलक्क परेको जिउडालका महिलाहरु मन पराउँछन् । मोटो तथा भद्दा जिउ भएका महिला तथा युवतीहरु तन्नेरीहरुको रोजाइमा पर्न मुस्किल हुन्छ । तर दक्षिण अफ्रिकामा भने यसको ठीक विपरित मोटो जिउडालका वधुहरुको ठूलो भाउ छ ।

अर्थात् युवकहरु बिहेका लागि मोटो जिउका युवतीहरु म्न पराउँछन् । यो प्रथा दक्षिण अफ्रिकाको केपटाउनमा छ । त्यसैले त्यहाँका युवतीहरुलाई जर’बजस्ती बोसो तथा चिल्लोयुक्त खाना खुवाएर मोटो बनाइन्छ । केपटाउनमा एउटा परम्परा छ । जसको नाम हो लेबलह । यो परम्पराको मान्यता के छ भने यदि नारी मोटा भए भने उनको विवाह समयमै हुन्छ र उनलाई सुयोग्य वर मिल्दछ ।

त्यसैले त्यहाँका किशोरी तथा युवतीहरुलाई मोटो बनाउनका लागि अनेक थरी व्यन्जन खुवाइन्छ । छोरीहरुलाई भोक नलागोस्, तर घरका अभिभावकहरु खानेकुरा कोच्याइरहन्छन् । ठसठसी कन्दैै, वाक्क वाक्क गर्दै पनि खानेकुरा खानुपर्छ उनीहरु । म्हिला जति मोटो भयो उनको पतिले उनलाई उति धेरै माया गर्छ भन्ने मान्यता पनि छ त्यहाँ ।अनलाईन खबर बाट।

प्रतिकृया दिनुहोस्