Wednesday, October 21

असत्य भन्दा सत्य नै किन बलवान छ ? सत्य सम्बन्धि ११ प्रेरणादायी भनाईहरु

May 24, 2020 349

भनिन्छ सत्य तितो हुन्छ तर जित सत्यकै हुन्छ । जो कोहिले पनि जीवनमा अनुभव गरेको हुनु पर्छ, कहिलें काहीँ यर्थाथ कुरा बुझ्न नसक्दा हामी आफै अरुसँग दुखी भएका हुन्छौ । राम्रो काम गर्दा पनि ,सत्य बोल्दा पनि अरुले हामी माथि भ्रम छरिरहेका हुन्छन् तर हामी साँच्चिकै सहि थियौ भने भ्रम छर्नेहरु आफै बेकुप भएको हाम्रो दैनिक जीवनमा सबैले देखेको भोगेकै छौँ । हामी माथि विभिन्न जालझेल गरिरहेका हुन्छन् । तर यदि हामीले यथार्थ र सहि काम गरिरहेका थियौँ भने हामीले गरेको काम र बोलेको बोलिको नतिजा पनि राम्रै पाएका थियौँ, किन भने राम्रो कामको नतिजा ढिलो चाँडाे राम्रै हुन्छ । सहि काम गरौँ , वास्तवितामा बाचौं जित सत्यको मार्गमा हिड्नेहरुकै हुनेछ । सत्य बोल्ने र सहि गर्ने मानिसहरु यो दिनियाँकै खुसी हुन्छन् ।

केहि सत्य सम्बन्धि प्रेरणादायी भनाईहरु यस्तो छ ।
१) “समय मुल्यवान हुन्छ तर समयभन्दा पनि सत्य अधिक मुल्यवान हुन्छ ।”
–डिज्रायली

Advertisement

२) “एउटा झुटो कुरा लुकाउन कैयौँ पटक झुट बोल्नुपर्छ ।”
– अज्ञात
३) “पापी मानिस सत्यबाट डराउँछ ।”
–सुकरात

४) “सत्य तितो हुन्छ ।”
–चाणक्य

Advertisement

५) “सत्य सुन्दर हो र सुन्दर नै सत्य हो ।”
–लक्ष्मीप्रसाद देवकोटा

६)”जसरी सुर्यको किरणलाई कुनै पदार्थले अपवित्र गर्न सक्दैन त्यसरी नै सत्यलाई पनि अपवित्र गर्नु असम्भव छ ।”
–मिल्टन

७)”सत्य बस्तुत अन्त्यसम्म नै सत्य नै रहन्छ ।”
–सेक्सपियर

८) “साधारणत मानिसहरु परम आवश्यक सत्यलाइ एकाएक विश्वास गर्दैनन ।”
–इल्किन

९)”साँचो बोल्नु, सुन्दर लेख्नु समान हो, जुन अभ्यासले मात्र प्राप्त हुन्छ ।”
–कार्लाइल

१०) “जोसँग सत्य छ , त्यो एकलै भएपनि बहुमतमा हुन्छ ।”
–डगलस

११) “सत्यलाई दवाउन सकिन्छ तर नाश गर्न सकिदैन ।?
–जर्मनेली उखान

प्रतिकृया दिनुहोस्