Saturday, September 26

निखिल उप्रेती भन्छन् ‘सरकार भारतसँग झुक्न कदापी हुदैन’

May 24, 2020 838

निखिलले भनेका छन्–‘सानो झन बलियो हुन्छ । कोरोना सानो थियो तर विश्वलाई नै तहसनहस बनाइदियो । यसैले, अब हामी पछाडि फर्कियौ भने फेरि हामी हेपिन थाल्नेछौ ।

नेपालले नयाँ नक्शा सार्वजनिक गरेसँगै यतिबेला देशका भू–भागहरु जसरी पनि फिर्ता ल्याउनुपर्छ भन्ने नेपाली जनताको आवाजहरु उठिरहेका छन् । यसै बिच,नायक निखिल उप्रेतीले आफ्नो भनाई सार्वजनिक गरेका छन् ।उनले, अब कसैसँग पनि झुक्न आवश्यक नरहेको स्पष्ट पारेका छन् । निखिलले प्रधानमन्त्री केपी शर्मा ओलीले साहसिक कदम चालेको भन्दै यो समयमा सबै नेपाली एक हुनुपर्ने बताएका छन् ।

नेपाललाई सानो भनेर भारतले हेपेको भन्दै निखिलले भनेका छन्–‘सानो झन बलियो हुन्छ । कोरोना सानो थियो तर विश्वलाई नै तहसनहस बनाइदियो । यसैले, अब हामी पछाडि फर्कियौ भने फेरि हामी हेपिन थाल्नेछौ ।’

प्रतिकृया दिनुहोस्