Wednesday, December 2

जेठ २० पछि लकडाउनको स्वरूप फेरिने समाचार

May 24, 2020 3018

काठमाडौंः नोभेल कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले जेठ २० पछि लकडाउनको स्वरूप फेरिने बताएका छन् ।

उनले भने, ‘दुई महिनाको अवधिमा कोरोनाविरुद्धको लडाइँमा हामी सही ट्रयाकमै छौँ । सफलता सापेक्ष हुन्छ । लकडाउनले पक्कै ठूलो जोखिम र दुर्घटनाबाट जोगाएको छ । हाम्रोमा हालसम्म तीनजनाको निधन भएको छ । अरू देशको तुलनामा यो कम हो ।’

सरकारको प्रयासले नै नागरिकको ज्यान जोगिएको उनको दाबी छ । पछिल्लो समय भारतबाटै संक्रमण बढिरहेको भन्दै उनले नियन्त्रणको प्रयास पनि भइरहेको बताए ।

‘हाम्रोमा गम्भीर बिरामी र मृत्युको संख्या कम छ । दुई महिनामा सरकारको योजना सरकार सफल नै छ’ उनले भनेका छन् ।’ उनले अब २० जेठपछि नयाँ परिस्थितिको मूल्यांकन गरेर लकडाउन नयाँ स्वरूपमा हुन सक्ने बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्