Friday, September 25

कोरोनाको औ’षधि बिक्री सुरु , औषधिको मूल्य ८ देखि ९ हजार पर्ने

May 24, 2020 4044

बंगलादेशको बेक्सिमको फार्मास्युटिकल्स लिमिटेड संसारमै कोरोनाको औषधि बेच्ने पहिलो पहिलो कम्पनि बनेको छ । औषधिको मूल्य ८ देखि ९ हजार पर्ने बताइएको छ । कम्पनीले सरकारी अस्पतालमा भने यसलाई निशुल्क वितरण गरिने बताएको छ ।

बीबीसीका अनुसार बैगलादेशको औषधि उत्पादक कम्पनी बेक्सिम्कोले एन्टिभाइरल औषधि रेमडेसिवियरको एउटा जेनेरिक संस्करण तयार गरेको छ।

औषधिको जेनेरिक संस्करण उत्पादन गर्ने यो विश्वकै पहिलो कम्पनी हो। रेमडेसिवियरको मूल रुप भने अमेरिकाको गिलिड साइन्सेज नामक कम्पनीले तयार गरेको हो, जुन इबोला भाइरसको उपचारका लागि प्रयोग गरिएको थियो।

हालै अमेरिकामा भएको एक अध्ययनमा रेमडेसिवियरले कोरोना भाइरसका गम्भीर बिरामीको रिकभरी समय कम गर्न मद्दत पुगेको पाइएको थियो। औषधिको प्रयोगपछि पनि मानिसलाई जीवित राख्न भने उल्लेख्य सफलता मिलेको छैन।
विशेषज्ञहरुले रेमडेसिवियरलाई कोरोना भाइरसको लागि ‘जादूको क्याप्सुल’को रुपमा नलिन पनि चेतावनी दिइरहेका छन्। कोरोनाको कुनै औषधि वा भ्याक्सिन बन्न नसकिरहेको अवस्थामा कैयौं देश यो औषधि परीक्षण गर्न इच्छुक छन्।

बेक्सिम्कोको यो उपलब्धिबाट दक्षिण एसियाली मुलुकमा यो औषधि तत्काल आपूर्ति हुन सक्ने निश्चित भने भएको छ। औषधि उत्पादनका लागि बेक्सिम्कोले भारत तथा पाकिस्तानमा साझेदारसमेत खोजिरहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्