Thursday, October 29

पेटमा बच्चा उल्टो भएपछि हेलिकप्टरबाट काठमाडौँ लगिएकी सुत्केरीको मृत्यु

May 23, 2020 376

हेलिकप्टरबाट उपचारको लागि काठमाडौं राज्धानी पुर्याईएकी सुत्केरी महिलाको मृत्यु

काठमाडौं / संखुवासभाबाट शुक्रबार सेनाको हेलिकप्टर मार्फत उद्धार गरि उपचारका लागि काठमाण्डौ पुर्याईएकी खाँदबारी ६ कि गंगा कार्कीको शुक्रवार राती करिव १० बजे मृत्यु भएको छ । खाँदबारी नगरपालीका वडा नं. ६ पांठाका सुत्केरी महिला गंगा कार्कीको स्वास्थ्य अवस्था गंभिर बनेपछि अन्तत उनलाई शुक्रबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ स्थीत थापाथली प्रसुति गृह पुर्याईएकी उनको सनिबार मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

सुत्केरी ब्यथा लागेपछि गत चैत्र ४ गते खाँदबारी अस्पताल भर्ना भएकी उनलाई प्रसुतिमा समस्या भएपछि सुबिधा सम्पन्न अस्पताल मानिएको बिराटनगर स्थित नोवेल हस्पीटलमा रिफर गरिएको गरिएको थियो । नोवेल हस्पिटलमा उनले स्टिल बर्थ अर्थात उनले मृत शिसुलाइ जन्म दिएपछि उनको स्वास्थ्य गंभिर अवस्थामा पुगेको पारिवारिक श्रोतले जनाएको छ ।

बिपन्न परिवारिक अवस्था रहेका उनको जिवन बचाउनका लागि २ लाख बढि खर्च गरिसक्दा समेत कुनै सुधार नआएपछि खर्च अभावमा उनलाई परिवारले घर फर्काउन बाध्य भएको थियो । प्रसव पिँडामा रहेका उनको स्वास्थ्य अवस्था थप गंभिर र जटिल बन्दै गएपछि उनलाई पुन संखुवासभाको सदरमुकाम स्थित खाँदबारी अस्पतालमा भर्ना गरिएको थियो ।

बेहोस अवस्थामा रहेको ६ हप्ताकी सुत्केरी उनको स्वास्थ्यमा कुनै सुधार नआएपछि जिल्ला अस्पताल बिकास समितिका अध्यक्ष सुमन शाक्य, प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल र खाँदबारी अस्पतालमा कार्यरत चिकित्सकको सक्रिय पहलमा उद्धार गरि उनलाई सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ स्थित लगिएको थियो। काठमाडौ पुग्ने बिइतिकै उनको बिधान भएको बताईएको छ।

प्रतिकृया दिनुहोस्