Tuesday, December 1

पाटन अस्पतालमा आईसोलेशनमा रहेका बिरामीको मृत्यु

May 22, 2020 865

ललितपूर । शुक्रबार पाटन अस्पतालको आइसोलेसनमा रहेका एकजना बिरामीको मृत्यु भएको छ । पाटन अस्पतालमा आईसोलेशनमा रहेका बिरामी अन्य रोगको पनि उपचारका लागि भन्दै पाटन अस्पतालमा भर्ना भएका थिए ।

पाटन अस्पतालमा मृत्यु भएका बिरामी अन्य रोगको उपचार गर्न आएका थिए । पाटन अस्पतालका अनुसारबिरामी आइसोलेसनमा रहेको र उनको कोरोना परीक्षण भइसकेको छ । बिरामीको के कारणले मृत्यु भएको हो भन्ने बारे अस्पतालमा बैठक चलिरहेको छ ।

हाल पाटन अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्