Tuesday, September 29

दुखद समाचार ! कोरोनाबाट साउदी अरबमा एकै दिनमा ७ नेपालीको मृत्यु, १३ सय बढी संक्रमित

May 22, 2020 966

साउदी । कोरोना भाइरस (कोभिड–१९) नेपालमा भन्दा नेपाल बाहिर रहेका नेपालीका लागि भयावह बनेको छ । साउदी अरबमा रहेका नेपाली उच्च जोखिममा परेका छन् । कोरोना भाइरसको संक्रमणबाट ७ जना नेपालीको मृत्यु भएको छ भने १३ सय ६४ संक्रमित छन् । कोरोना भाइरसको बढ्दो संक्रमण र साउदी सरकारले लगाएको कर्फ्यु र अन्य नियमलाई मध्यनजर गदै नेपाली दुतावासले साउदीमा रहेका बिभिन्न क्रियाशील संघ संस्थाको सहकार्यमा खाधान्य र सामान्य मेडिसिन उपलब्ध गराउँदै आएको छ भने स्वास्थ्य परामर्शको लागि २ नेपाली डाक्टरको व्यवस्था गरेको छ ।

साउदी सरकारले कोरोना भाइरसको परीक्षण तेस्रो चरणमा सुरू गर्ने जानकारी गरेको छ जसमा विभिन्न अतिरिक्त केन्द्रहरू, सवारी साधनभित्रै टेस्ट गर्ने र एपबाट टेस्टका लागि बुकिंग गर्ने प्रणाली आदि रहेका छन् भने यो भन्दा पहिला हस्पिटल परिक्षण र फिल्ड टेस्ट रहेको थियो ।

कार्यरत कामदारले आफ्नो मुलक फर्कन चाहेमा विशेष अनलाईन पोर्टल (अवदा) मार्फत आवेदन दिनसक्ने व्यवस्था मिलाएको छ । यस्तै मार्केट गर्न जाँदा सामाजिक दूरी कायम नगर्दा , भिडभाड गर्दा सरकारले जारी गरेका नियमहरूको उलंघन गर्दा आप्रबासी कामदारलाई जरिवाना, जेलसहित देश निकालासम्म गरिने भएको छ । हालसम्म साउदीमा कोरोना भाइरसको संक्रमणबाट ६५०७७ जना संक्रमित भएका छन् भने ३६०४० जना रिकभर हुनुको साथै ३५१ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्