Thursday, December 3

काठमाडौं उपत्यकामा थप ८१७ जनालाई कोरोना संक्रमण

September 28, 2020 91

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४९, भक्तपुरमा ३६ र ललितपुरमा १३२ जनालाई कोरोना पुष्टि भएको छ । आज देशभर १ हजार ३५१ लाई कोरोना पुष्टि भयो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

जसमध्ये ५४हजार ६४० जना उपचारपछि निको भएका छन् । २४ घण्टामा ७४२ जना डिस्चार्ज भएका छन् । २४ घण्टामा १० हजार ८० जनाको पिसिआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस्