Thursday, October 29

बिछिप्त पार्ने त्यो तस्बिर ,जो भारतबाट घर फर्किए, आँगन टेक्न पाएनन्, पूरा पढ्नुहोस।

September 28, 2020 69

कञ्चनपुर । पुचौंडीको हाट बशन्तपुरस्थित बजारमा पुगेपछि उनलाई भोक लाग्यो। चाउँमिन खान खोजे। पसलेले चाउमिन दिए, प्लाष्टिकमा पोको पारेर। एक बोत्तल पानी साथमै थियो। उनी बजारमा रोकिएनन्, हतारिदैं छिटछिटो पाइला सारे।

क्वाप, क्वाप चाउमिन खाँदै बाटो नापिरहेका थिए। धेरै कोही संग बोलेनन्, अनुहारको रंग फुङग उडेजस्तो थियो। उनको हतास भावभंगी देखेर मात्रै स्थानीय पसलेको ध्यान खिचिएको थियो। ती पसलेले अलि पर पुग्दासम्मै उनलाई हेरिरहेका थिए।

तीन–चारवटा झोला एक्लैले बोकेका थिए। बजारसम्म गाडीमा आएपनि त्यसपछि पैदलै हिन्दै थिए। झण्डै ४–५ किलोमिटर उकालो हिडेपछि हरफोड मोडमा पुगे। सिरसिरे हावा बहिरहेको थियो। थकान महसुस भयो। एकछिन सुस्ताउन खोजे सल्लाको फेँदमा। त्यसपछि आँखा खोलेनन्, सदाका लागि अस्ताए।

बैतडीको पुचौंडी नगरपालिका–३ तोलिगाउँका ३५ बर्षीय पदमबहादुर बोहरा थिए ती। झण्डै १५–१६ बर्षदेखि भारतको बेङलोरमा जागिर गर्थे। उनी किशोरवयमा छदै बुवा बिते। हासखेल गर्ने उमेरमा जिम्मेवारीको पहाडले थिच्न थाल्यो।

संगसंगै खेल्ने–कुदने उमेरका साथीहरु खुरुखुरु विद्यालय जान्थे। उनी भने एकोहोरिन थाले। घरको जेठो छोरा थिए। सम्पूर्ण घरायसी जिम्मेवारी अकस्मात उनकै काधमा आइदियो।

आमा, दुईजना भाई र बहिनीको अभिभावकत्व ग्रहण गर्नु थियो। पुचौंडी तोलि गाउँको पाँखो जग्गा–जमिनले जति मिहिनेत गरेपनि बर्षभरि खान पुग्थेन। बेसाहा गर्नुपथ्र्यो। गाउँमै रोजागारीको सम्भावना पनि थिएन। अनेक बाध्यताको परिबन्दले बोहरालाई भारतको बाटो देखायो।

शुक्रवार भने बोहरा बेङलोरबाट घर फर्किदैं थिए। घर पुग्न अझै केहि किलोमिटर ते्रसै हिन्नुपथ्र्यो। जहाँ पत्नी र चार बर्षीय छोरा उनको प्रतिक्षा गरिरहेका थिए। तर आँगन समेत टेक्न पाएनन्। परिवारका लागि त्यो का’लो शुक्रवार भैदियो। बेरोजगारीको पी’डाले भारत भा सि एका बोहराको घर पुग्न झण्डै ४५ मिनेट छदैं कोरोनाले ज्यान गयो।

‘थकान लागेपछि डाडामा सुस्ताएका रहेछन,’ वडा–३ का वडाध्यक्ष दलबहादुर धामी (रकेट) भन्छन्, ‘त्यही ज्यान गयो। बाटो हिन्ने बटुवाहरुले पनि सु ते का होलान भनेर ख्याल गरेनन्। कन्ट्याक ट्रेसिङका लागि भटना जान लागेका स्वास्थ्यकर्मीहरु त्यही बाटो जाँदा चाल पाइयो।’ भटनामा ८ जना कोरोना संक्रमित भएका छन्।

डाडाको भिरालो जस्तो ठाउँमा सुस्ताएका बोहराको शुक्रवार १०–११ बजेको बीचमा मृ त्यु भएको हुनसक्ने स्वास्थ्यकर्मीले बताए। साँझ ३ बजेतिर मात्रै उनको मृ त्यु भएको पत्ता लागेको थियो। त्यसपछि स्वाब संकलन गरिएको थियो र बोहोरामा कोरोना पुष्टि भएको थियो।

तस्बिरमा उनको टाउँका तिर ३–४ वटा झोला असरल्ल परेको जस्तो देखिन्छ। बेङलोरबाटै ल्याइएका ती झोला भित्र परिवारका लागि उनले के के कोशेली बोकि ल्याएका थिएरु त्यो उनका परिवारले हेर्न पनि पाएनन्। ‘उनको मृ त्युको खबरले गाउँ शो कमग्न छ,’ वडाध्यक्ष बोहराले भने, ‘निकै मिहेनती र सोझो मानिस हुनुहुन्थ्यो।’

बोहराले बेङलोरमा भाडा माझेरै दुईजना भाई र बहिनीलाई उच्च शिक्षा दिलाएका थिए। दुईजना भाईहरु अहिले काठमाडौंमा शिक्षण पेशामा संलग्न छन्। स्नातकसम्म अध्ययन गरेकी बहिनी घरमै छिन।

दाजुको मृ त्युको खबरले एकजना भाई घर आइपुगेपनि अर्का अझै पुग्नसकेका छैनन्। वडाध्यक्ष बोहराका अनुसार शनिवार राति ८ बजेतिर बैतडी सदरमुकामबाट आएको सेनाको टोलीले घटनास्थल नजिकैको रानिवनमा शव ब्यवस्थापन गरेको छ। यो समाचार हामीले महेन्द्रनगर पोष्टवाट साभार गरेका हौं । तस्बिरः शैलेश धानुक

प्रतिकृया दिनुहोस्