Tuesday, October 27

एक महिनाअघि विहे गरेको श्रीमतीको अर्को श्रीमान र बच्चा भएको थाहा पाएपछि…

September 25, 2020 115

याे घटना धरान–८ बरगाछीस्थित ग्रिल कम्पनीमा काम गर्दै आएका झापा माईधारका २१ वर्षीय सन्तोष दर्नाल गत मङ्गलबार धरान–१८ स्थित सोलुखुम्बु होटलमा मृत अवस्थामा फेला परेका छन् ।

उक्त घटनालाइ ईलाका प्रहरी कार्यालय धरानले मृतक सन्तोषले भर्खर विवाह गरेकी श्रीमतीको अर्को श्रीमान र बच्चा समेत रहेको थाहा पाएपछि झुण्डिएको प्रमाण निकालेको छ । प्रहरीका अनुसार सन्तोषले एक महिनाअघि सीता श्रेष्ठसँग विवाह गरेको भनेर आफ्नो परिवारलाई जानकारी दिएका थिए ।

‘सन्तोष र सीता होटलमा बसेको भोलिपल्ट दुई जना युवतीपनि गएर छुट्टै कोठामा बसे, सोधपुछ गर्दा सीताको पहिले नै विवाह भईसकेको र बच्चा समेत रहेकाे थाहा पाएपछि’

धरान–१८ स्थित सोलुखुम्बु होटलमा सन्तोष र सीता केही दिनदेखि बस्दै आएका थिए । धरान ८ बरगाछीका २१ वर्षीया कञ्चन र २४ वर्षीया सुस्मिता श्रेष्ठपनि उनीहरुसँगै होटलमा बसेका थिए ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत भन्छन्, ‘सन्तोष र सीता होटलमा बसेको भोलिपल्ट दुई जना युवतीपनि गएर छुट्टै कोठामा बसेका रहेछन् । उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा सीताको पहिले नै विवाह भईसकेको र बच्चा समेत भएको थाहा पाएपछि समस्या भएको देखिन्छ ।’

प्रहरीले तीनै जना युवतीलाई सोधपुछ पछि छाडिदिएको छ । मृतक सन्तोषको शव पोष्टमार्टमपछि उनका आफन्तले जिम्मा लिएर दाहसंस्कार गरिसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्