Monday, November 30

भाग्यमानीले मात्र देख्ने नागको अण्डा देखेको ३ सेकेन्डमा कमेन्टमा ॐ लेखी सेयर गर्नुहोस

September 25, 2020 188

काठमाडाैं । मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो ।

अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवीकरण गर्यो । प्रकृतिका विविधरुपलाई फरक फरक शक्तिद्धारा सञ्चालित भएको विश्वासमा वहुदेववादको कल्पना गरियो ।

अतः विश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ । आदिम सभ्यताको उत्खननबाट प्राप्त पुरातात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृतिपूजक रहेको पुष्टि हुन्छ ।

फरक यति हो कि देश,काल, वातावरण र पर्यावरण अनुसार पूजा, उपासना र साधना पद्धति फरकफरक हुन्छ ।

हिन्दू धर्म र दर्शनमा प्रकृति लगायत समस्त विश्वकल्याणको लागि उपासना र प्रार्थाना गरिन्छ यस्ता उपासना र अनुस्ठानको भित्रि उद्धेश्य वातावरणीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्छ ।

कतिपय हिन्दू राजाहरुले त आफूलाई सूर्यवंशी, चन्द्रवंशी र नागवंशी भनेर आफूलाई परिचित गराउँनुमा प्रकृतिपूजन प्रतिको आस्था भाव नै हो ।

प्रकृतिपूजा र उपासनाको परम्परामा हिन्दूहरुले मनाउँने नागपञ्चमीले पर्यावरणीय महत्वलाई झल्काउँछ नै,अर्कोतिर हिन्दू धर्मको दार्शनिक पक्षलाई सम्झाउँ छ ।

सिधा भाषामा भन्नु पर्दा नाग भनेको सर्प हो । सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ ।

हिन्दूहरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मानेर पूजा गर्छन, त्यसरी नै विष ओकल्ने सर्पको पूज गर्ने जाती त हिन्दूधर्मी आर्यहरु नै हुन् । आज पनि भारत तथा नेपालमा आफूलाई नाग जातीका सन्तान मान्ने जातीहरु छन् ।

भारतमा त नागाल्याण्ड भन्न ठाउँ बिशेष प्रख्यात छ । जातीय शास्त्रले नाग जातीलाई मंगोल मूल आदिबासी हुन भनि व्याख्या गर्दछ ।

सुर्खेत। संसारमा सबैभन्दा ठुलो नै माया हुदो रहेछ । किनभने नेपालको एउटा यस्तो घटना देखियो जहाँ स्थानिय तहको नाममा खरिद गरिएको स्कुटीनै एकजना अधिकृतले आफ्नो तरुनीलाइ नै उपहार दिएका छन् ।

जुन हो सुर्खेतको भेरीगंगा नगरपालिकाको नाममा खरिद गरिएको स्कुटी तरुनीलाई उपहार दिए को भेटिएको छ । वीरेन्द्रनगर–१२ नेवारे निवासी भेरीगंगा नगरपालिकाका लेखा अधिकृत मान बहादुर ठाडाले नगरपालिकाको नाममा खरिद गरिएको स्कुटी तरुनी लाई चलाउन दिएको रहस्य खुलासा भएको हो ।

आर्थिक २०७५/०७६ मा भेरीगंगा नगरपालिकाको बार्षिक बजेट तथा कार्यक्रमबाटजनप्रतिनीधि रकर्मचा रीहरुका लागि खरिद गरिएको स्कुटी लामो समयसम्म निजी नम्बर प्लेट राखी प्रयोग गरिएको पाइएको छ । सन् २०१८ मा उत्पादन भएकोसिल्भर

कलरको पिजिओ स्कुटी निजी नम्बर प्लेट राखी लामो समयदेखि एक युवतीले व्यक्तिगतरुपमा प्रयोग गरेको भेटिएको थियो ।

२०७५/७/३० मा भैरहवाभन्सार कार्यालयमा दर्ता भएको लु ४६ प ९०३१ नम्बरको स्कुटी एक बर्षपछि २०७६ भदौं ५ गते कर्णाली प्रदेश ०२००१ प २२४० नम्बरमा प्राइभेट दर्ता गरी प्रयोग गरिँदै आएको थियो ।

प्राइभेट रुपमा दर्ता गरिएकाे स्कुटी लेखा अधिकृत ठाडाले छिन्चुकै एक तरुनीलाइ व्यक्तिगत रुपमा प्रयाेग गर्न दिएका थिए । नगरपालिकाको आन्तरिक लेखापरिक्षण र बाह्रय लेखा परिक्षणमा स्कुटीका बिषयमा पटक/पटक कुरा उठ्दै आएको थियो ।

स्कुटिका विषयमा दुई बर्षदेखि लेखामा कुरा उठेपनि उनले हिसाव मिलाएरै लेखापरिक्षणमा आउने कर्मचारीहरुलाई खुशी बनाएर पठाउने गरेका थिए ।

प्रतिकृया दिनुहोस्