Tuesday, October 27

कोरोना भाइरसका कारण सरकारी कर्मचारीको मृत्यु

September 24, 2020 83

सप्तरी । कोरोना भाइरसका कारण जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत एक जना कर्मचारीको मृत्यु भएको छ ।

बिहिबार बिहान जिल्ला प्रशासन कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत ५५ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बिहीबार बिहान उनको मृत्यु भएको जानकारी दिएका छन् । मृतक पुरूषमा भदाै ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसिरहेका थिए । उनीसँगै सप्तरीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्