Wednesday, September 30

दु:खद खबर,..नेपालमा फेरी कोरोनाबाट तेस्रो व्यक्ति शिक्षककाे मृत्यु

May 20, 2020 992

रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको मृ’त्यु भएको छ । भेन्टिलेटरमा उपचार भइरहेको उनको बुधबार विहान मृ’त्यु भएको स्रोतको भनाई छ ।

मृ’त्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्षका पुरुष हुन् । चिकित्सकहरुले बिरामीको आश मा’रेपछि केही समय पर्खिएर र मृ’त्यु प्रमाणित गरिने तरिकाहरु अपनाइएको थियो । त्यस समयमा संचारकर्मीहरुबीच गोप्य सूचना आएपछि ति बिरामीका बारेमा बिभिन्न अडकलबाजी हुदै समाचार पुष्टिका लागि सोधपुछको क्रम शुरु भएको थियो ।

शिक्षण पेशामा रहेका उनि बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए । उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण उनलाई मंगलबार बुटवलको बिशेष कोरोना अस्पताल सार्न सकिएको थिएन । बिरामी सार्ने प्रक्रियामा जोखिम हुनसक्ने भन्दै प्रदेश सरकारका अधिकारीहरुले क्रिमशन अस्पताल प्रशासनलाई अनुरोध गरेपछि उनको त्यही नै उपचार भएको थियो । newsbutwaltoday

प्रतिकृया दिनुहोस्