Thursday, October 29

काठमाडौं उपत्यकामा ५ सय कोराना संक्रमित सम्पर्कविहीन

September 18, 2020 54

काठमाडौं, २ असाेज / राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन छन् । आरटी पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको छ ।

काठमाडौं महानगरपालिकाले जारी गरेको तथ्यांकमा ४ सय ५२ र ललितपुर महानगरपालिकाले दिएको तथ्यांकमा ७५ जनाले स्वाब परीक्षण गर्दा गलत फाराम भरेपछि उनीहरुको खोजीमा समस्या आएको हो । दुई महानगरपालिकाभित्र टेकु अस्पताल र विभिन्न ल्याबमा परीक्षण गर्न स्वाब संकलन गर्दा गलत ठेगाना, मोबाइल नम्बर दिँदा समस्या भएको हो ।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले परीक्षणकर्ताले गलत सूचना दिँदा समस्या आएको बताउनुभयो । उहाँले राजधानीका विभिन्न ल्याबमा परीक्षण गर्दा पोजेटिभ आएका संक्रमितले दिएको मोबाइल नम्बर र ठेगाना गलत हुँदा समस्या आइरहेको बताउनुभयो ।

‘हाम्रो तथ्यांकमा ४ सय ५२ देखिएको छ, प्रहरीको सहयोगमा केहीलाई पक्राउ गरे पनि तथ्यांक घट्न सकेको छैन । परीक्षण गर्ने क्रममा काठमाडौं लेखेका हुन्छन्, मोबाइल नम्बर अर्कै दिन्छन् । परीक्षण गर्दा पोजेटिभ आएर सम्पर्क गर्दा स्विच अफ हुने गरेको छ।’ –उहाँको भनाइ थियो । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्