Tuesday, September 29

नेपालमा फेरी आइसोलेसनमा राखिएका २ जनाको मृ,,त्यु, संक्रमितको संख्या ३९० पुग्यो

May 19, 2020 357

चितवन । कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालमा उपचाररत २ जनाको मृ,,त्यु भएको छ । मृ,त्यु हुनेमा रोल्पा र चितवनका एक/एक जना छन् । चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍,,यु भएको हो । रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृ,,त्‍यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनी ४ महिनादेखि टिबीको औ,ष,धि लिइरहेका बिरामी हुन् । उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । क्यान्सर भएको आशंकामा उनलाई उपचारको लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लैजान रिफर गरिएको थियो । उनको मृ,त्यु,को कारण खुलेको छैन ।

सोमबार उनको स्वाब संकलन गरी भरतपुरको कोभिड- १९ परीक्षण प्रयोगशाला पठाइएको छ । यस्तै उता रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । मृतक रोल्पा नगरपालिका–१ का २२ वर्षीय युवक हुन् ।

आइतबार बेलुकादेखि आइसोलेसनमा रहेका उनको सोमबार दिउँसो मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए र काठमाडौंमा डायलाइसिस गराउँदै आएका थिए । आइतबार रोल्पा फर्किएलगत्तै उनलाई आइसोलेसनमा राखिएको थियो ।

रोल्पा अस्पतालका अनुसार ती युवक कोरोना संक्रमित हुन् कि होइनन् भन्ने पत्ता लगाउन नमूना संकलन गरी दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले रोल्पाका युवकको नमूना मंगलबार बिहान आइपुगेको र परीक्षणको प्रक्रियामा रहेको जानकारी दिइन् ।

यसैबीच झापाका थप ९ जनामा कोरोना सं,क्र,म,ण पुष्टि भएको छ । झापाको के,च,ना,बाट ल्याइएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ । सोमबार एक जनामा संक्रमण पुष्टि भएपछि केचनाबाट स्थानीयको नमुना संकलन गरी विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षणका लागि ल्याइएको थियो ।

संक्रमितसँग सम्पर्कमा आएकाहरुको नमुना परीक्षण गरिएकामध्ये ९ जनाको रिपोर्ट पोजिटिभ आएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैबीच, मंगलबार बिहान सुनसरीका दुईजनामा कोरोना सं,क्र,म,ण देखिएको थियो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई जनामा सं,क्र,म,ण देखिएको हो ।

संक्रमण पुष्टि भएकामा इटहरी उपमहानगरपालिका वडा २ का १८ वर्षीय युवक र अर्का एकजना सुरक्षाकर्मी रहेको प्रतिष्ठान स्रोतले जनाएको छ । यअसअघि सोमबार सुनसरीको गढी गाउँपालिकाका एक युवकमा संक्रमण पुष्टि भएको थियो । उनी केही दिनअघि भारतको नयाँ दिल्लीबाट आएका थिए ।

प्रदेश १ मा संक्रमितको संख्या अब ५४ पुगेको छ । उदयपुरका ३३, झापाका १२, मोरङ ३, सुनसरीका ३, भोजपुर १, धनकुटा १, खोटाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिँदै आएको छ ।

त्यहाँ राखिएका १७ जना उपचारपछि निको भएर डिस्चार्ज गरिएका छन् ।पछिल्लो तथ्यांक अनुसार प्रदेश १ मा साढे १२ हजारभन्दा बढीको परीक्षण गरिएको छ । जसमध्ये ३ हजार १ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।

आरडीटी विधिबाट ९ हजार ४ सय ७३ जनाको परीक्षण भएको प्रदेश १ मुख्य मन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । प्रदेश १ मा तीन ठाउँबाट पीसीआर परीक्षण भइरहेको छ । हालसम्म नेपालमा ३८५ जनामा कोरोना सं,क्र,म,ण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ३६ जना निको भएका छन् भने बाँकेमा एक र सिन्धुपाल्चोकमा एक गरी दुई जनाको मृ,त्यु भएको छ ।

source sulavkhabar.com

प्रतिकृया दिनुहोस्