Tuesday, September 29

कोरोनाबाट बेलायतमा अर्का भूपू गोर्खा सैनिकको ज्यान गयो

May 10, 2020 151

२८ वैशाख । कोरोना सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार ज्यान गएको छ ।
श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिनुभयो ।
ताप्लेजुङ मैवाखोला स्थायी घर भएका राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा आफ्ना श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आउनुभएको थियो ।
हालसम्म बेलायतमा ५२ जना नेपालीकाे पनि मृत्यु भएकाे गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएकाे छ । बेलायतमा अहिलेसम्म काेराेनाका कारण मृत्यु हुनकाे संख्या ३१ हजार ५८७ पुगेकाे छ ।

प्रतिकृया दिनुहोस्