Saturday, September 26

कोरोनाबाट आमा गुमाएका शिशुलाई पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले उच्च शिक्षा सम्म पढाउने, तत्काल पौष्टिक आहारको लागि ५० हजार….

May 19, 2020 241

काठमाडौं, ५ जेठ । गत बिहिबार कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ राम्चेकी २९ वर्षीय महिलाको शिशुलाई सहयोग मिल्ने भएको छ ।

आमा गुमाएका शिशुको १ देखि १२ कक्षासम्म अध्ययनकालागि पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले जिम्मा लिने घोषणा गरेका छन ।

बस्नेतले तत्कालै शिशुको पौष्टिक आहारका लागि ५० हजार आर्थिक सहयोग पनि गर्ने भएका छन । आमा कोरोनाबाट मृत्यु भएको र पारिवारको आर्थिक अवस्था कमजोर रहेकाले बच्चाको आवश्यक हेरचार र खानपानकालागि केही रकम सहयोग गरेको पूर्वमन्त्री बस्नेतले बताएका छन् ।

१२ कक्षा पछि पनि थप उच्च शिक्षा अध्ययनका लागि र रोजगारीको व्यवस्थाको पहल समेत गर्ने बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस्