Monday, September 28

शुक्र ग्रहमा ज्वाला मुखीसंगै को’रोना भेटियो

September 15, 2020 118

बेलुकीको तारा भनेर चिनिने शुक्र ग्रहमा एकसाथ ३७ वटा भयानक ज्वालामुखी सक्रिय छन् । ती ज्वालामुखीहरु छिनछिनमा विस्फोट हुने गरेका छन् । मेरिल्याण्ड विश्वविद्यालयका वैज्ञानिकहरुले शुक्र ग्रहका सक्रिय ज्वालामुखीहरु पत्ता लगाएका हुन् ।

यसअघि शुक्र ग्रहको टेक्टोनिक प्लेट शान्त रहेको अनुमान गरिँदै आएकोमा पछिल्लो खोजले त्यसलाई गलत सावित गर्दै ज्वालामुखी विस्फोटका कारण शुक्र ग्रहमा रहेका टेक्टोनिक प्लेटहरुमा हलचल भैरहेको र भूकम्प पनि आउने गरेको पुष्टि गरेको हो ।

नेचर जियोसाइन्समा प्रकाशित उक्त अनुसन्धान रिपोर्ट अनुसार ज्वालामुखी विस्फोटकै कारण शुक्र ग्रहको सतहमा ठूलो संख्यामा गोलाकार खाल्डाहरु बनेका छन् । ती खाल्डाहरुलाई कोरोने अर्थात् कोरोना भनिन्छ । शुक्रको दक्षिणी ध्रुवमा त्यस्ता खाडलहरु अत्यधिक छन् । सबैभन्दा ठूलो कोरोनालाई अर्टेमिस भनिन्छ ।

त्यसको व्यास २१ सय किलोमिटर रहेको छ ।वैज्ञानिकहरुका अनुसार सन् १९९० देखि हालसम्म शुक्र ग्रहको सतहमा कुल १३३ वटा कोरोना अर्थात् ज्वालामुखीका खाडलहरुको अनुसन्धान गरिएकोमा ३७ वटा सक्रिय ज्वालामुखी पाइएका छन् । अहिले पनि ती ठाउँहरुबाट तातो ग्याँस निस्किरहेको वैज्ञानिकहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस्