Monday, September 28

चिकित्सकीय तर्क : गर्भवतीसँग शारीरिक सम्बन्ध राख्ने कुन समय उपयुक्त ?

September 14, 2020 58

काठमाडौं । सबै गर्भवती महिलाहरु पेटमा गर्भ बसेको समयमा निकै सतर्कता अपनाउछन् । त्यस्तो अवस्थामा सामान्य चोट लाग्दा पनि बच्चा खेर जाने सम्भावना धेरै हुन्छ । त्यसकारण महिलाहरु विषेश सावधानी अपनाउन चाहन्छन् ।

त्यहि कारण हुनसक्छ अधिकांश महिला एवं पुरुषहरु गर्भवती रहेको समयमा शारीरिक सम्पर्क राख्न चाहदैनन् ।

कतिपयले महिला गर्भवती भएको तीन महिनापछि शारीरिक सम्पर्क गर्नु हुन्न भन्छन् । तर, मेडिकल साइन्स उक्त मान्यतासंग सहमत छैन । चिकित्सकका अनुसार गर्भवती भएको बेला महिलाको शरीरमा हर्मोनहरु अदल बदल भइरहेको हुन्छ ।

यो अवस्थामा महिलालाई शारीरिक सुखभोगको भोक बढी हुन्छ । कतिपय महिलाहरुले गर्भवती हुँदा गरिएको शाररीक सम्पर्कमा बढी आनन्द प्राप्त गर्दछन् ।

चिकित्सकका अनुसार शारीरिक सम्पर्क केबल एकछिनको रमाईलो मात्रै हैन । श्रीमान श्रीमतीविच नजिक हुने महत्वपूर्ण अवसर पनि हो । यो अवस्थामा महिलाको शरीरमा रक्तसञ्चारको गती बढी हुन्छ त्यसकारण पनि महिलाहरुले यस्को आनन्द बढी लिन्छन् ।

चिकित्सकको भनाई अनुसार गर्भवती महिलासंग जुनसुकै समयमा पनि शारीरिक सम्पर्क राख्न सकिन्छ । अवश्य पनि सम्पर्क राख्नका लागि दुई जना नै तयार हुनुपर्छ ।

तपाँईले आफ्नो जीवनसाथिसँग शारीरिक सुख खोज्दै हुनुहुन्छ तर साथि तयार छैन भने त्यस्तो सम्बन्धले दिर्घकालीन असर गर्ने कतिपयको बुझाई रहेको छ ।

प्रतिकृया दिनुहोस्