Wednesday, November 25

भारतमा रेल खुलेपछि आएका झापाका युवकमा देखियो कोरोना

May 18, 2020 305

विराटनगर : भारतमा रेल खुल्ना साथ झापाको दक्षिणी क्षेत्रबाट नेपाल भित्रिएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारततमा रेल खुलेपछि नेपाल छिरेका झापा कचनकवलका ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो । उनको स्वाब संकलन गरी परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

ती युवक नेपाल भित्रनसाथ उनलाई क्वारेन्टाइनमा राखिएकाले उनीबाट समाजमा कोरोना फैलने अवस्था भने हुन पाएन । उनी गत बैशाख २ गते नेपाल छिरेका हुन् । उनलाई अहिले उनी बसेको झापाको कचनकवल स्थित क्वारेन्टाइनबाट विराटनगर स्थित कोरोना विषेश अस्पतालमा ल्याइँदैछ ।

उनीसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । सोमबार मात्रै मोरङ रतुवामाई नगरपालिकाका एक युवकमा पनि कोरोना पुष्टि भएको थियो । झापामा पछिल्लो समय सीमानाबाट नेपाल छिर्नेहरुलाई सीमनामा कडाई गरीएको र छिरेकालाई सिदै क्वारेन्टाइनमा पु¥याएकाले भारतबाट आएकाहरुले कोरोना संक्रमण समाजमा पु¥याउने सम्भावना कम रहेको झापा जिल्ला प्रहरी प्रमुख ९एसपी० किष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्