Wednesday, September 23

के स्वास लिँदा र बोल्दा पनि हुन्छ कोरोना संक्रमण ? वैज्ञानिकले गरे फेरी यस्तो दावी पढ्नुहोस

May 18, 2020 558

कोरोना भाइरसको संक्रमण दिनानुदिन बढिरहेको छ भने यसलाई लिएर दैनिक जसो अध्ययन अनुसन्धान भइरहेका छन् । यसको लक्षण वाहेक स्वास लिँदा तथा बोल्दा पनि कोरोना भाइरस फैलन सक्ने दाबी एक वैज्ञानिकले गरेका छन् ।

अमेरिकाको नेशनल इन्स्टीच्युट अफ हेल्थमा सरुवा रोगका प्रमुख रहेका एन्थोनी फासीले अमेरिकाको समाचार च्यानल फक्स न्यूजसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् ।

रुघा खोकीका अलावा यो भाइरस कुराकानी गर्दा मात्र पनि फैलन सक्छ, एन्थोनी फासीले बिरामी मानिस बाहेक स्वस्थ्य मानिसलाई पनि मास्क प्रयोग गर्न अपिल गरे ।

यसअघि नेशनल एकेडेमी अफ साइन्सेस नासले पनि ह्वाइट हाउसलाई एक पत्र लेखेर यो रिसर्चको बारेमा बताएको थियो । नासले पूर्ण रुपमा शोधको नतिजा प्राप्त नभएपनि अहिलेसम्मको अध्ययन अनुसार स्वास लिँदा पनि यो भाइरस सर्न सक्छ । अर्थात यो भाइरस हावामा फैलन सक्छ ।

यसअघि अमेरिकी स्वास्थ्य एजेन्सीले कोरोना भाइरस बिरामी मानिसले खोक्दा वा उसबाट निस्किएको छिटावाटा सर्ने जनाएको थियो ।

प्रतिकृया दिनुहोस्