Wednesday, October 21

अब नेपाल पनि एकदम उच्च जोखिममा कोरोना संख्या ३०४ पुगेको जसमा दुइ जनाको निधन पुगेको जसमा दुइ जनाको निधन !

May 18, 2020 281

५ जेठ, काठमाडौं । रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ र माधवनारायण नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्