Monday, November 30

चीनले महामारीपछि मात्रै बेच्यो २३ खर्बको स्वास्थ्य सामग्री

May 18, 2020 197

काठमाडौं । चीनले कोरोना महामारी सुरु भएपछि झण्डै २३ खर्ब नेपाली रुपैयाँ बराबरको स्वास्थ्य सामग्री निर्यात गरेको छ ।

मार्चदेखि अहिलेसम्म १८ दशमलव ९ विलियन अमेरिकी डलर बराबरको औषधी तथा उपकरण बिक्री गरेको ग्लोबल टाइम्सले जनाएको छ । चीनले सबैभन्दा धेरै अमेरिका, जर्मन र जापानमा मास्कलगायतका सामान निर्यात गरेको छ ।

यस्तै, चीनले ५० अर्ब ९० करोड थान मास्क निर्यात गरेको छ । फेब्रुअरीको सुरुसम्म चीन आफैँले अरुदेशबाट मास्क सहयोग लिइरहेको थियो । तर मार्चमा ठूला कम्पनीले मास्क उत्पादन थालेपछि निर्यात सुरु गरेको हो ।

चीनमा झण्डै एक दर्जन कम्पनीले दैनिक ५० लाख मास्क उत्पादन गरिरहेका छन् । बीवाईडी कम्पनीले मात्रै दैनिक ५५ लाख मास्क उत्पादन गरिहरेको छ । दैनिक ३० लाख भन्दा धेरै मास्क बनाउने कम्पनीको संख्या झण्डै ३ दर्जन छ ।

यस्तै मार्चयता १६ करोड २० लाख थान टेष्ट किट र २१ करोड ६० लाख थान पीपीई अन्तर्गतको सुट निर्यात भएको छ । यस्तै ७२ हजार ७ सय थान भेन्टिलेटरको निर्यात गरेको टाइम्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस्