Monday, October 26

स्वास्थ्यमा समस्या देखिएपछि श्रममन्त्री यादव अस्पताल भर्ना

May 17, 2020 241

४ जेठ, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन् । विहान छातीमा असामान्य दुखाई भएपछि उनी बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका हुन् ।

विहान ११ बजे अस्पतालमा पुगेका उनलाई चिकित्सकहरुले थप स्वास्थ्य जाँच गराएका छन् ।
पारिवारिक श्रोतकाअनुसार उनको अवस्थामा सामान्य छ । एक महिनाअघि मात्रै उनको शरीरमा जनै खटिरा आएको थियो । सो समस्या हटेपछि पछिल्ला दिनमा उनी केही सक्रिय भएका थिए ।

प्रतिकृया दिनुहोस्