Monday, October 26

Breking news बुटवलका जुम्ल्याहा दाजुभाइले बनाए ‘गो कोरोना’‘नर्स रोबोट’

May 17, 2020 666

३ जेठ, बुटवल । बुटवलका जुम्ल्याहा दाजुभाइ लव–कुश पन्थीले ‘नर्स रोबोट’ निर्माण गरेका छन् । कोरोना विशेष अस्पतालमा मानव जनशक्तिको सट्टा यन्त्र मानवलाई प्रयोगमा ल्याउन सकिने गरी उनीहरुले ‘गो कोरोना’ नामको नर्स रोबोट बनाएका हुन् ।

एन्ड्रोइड एप्लिकेसन (एप) को माध्यमबाट यो रोबोटलाई मोबाइलमार्फत चलाउन सकिन्छ । ४ फिट अग्लो रोबोटमा हाइटेक माइक्रोफोन, अल्ट्रा साउण्ड लजिटेक १२ एमपी क्यामेरा, रेड लिड आइ स्पिकिङ इभेन्ट र रेड लिड माउथ स्पिकिङ इभेन्ट जस्ता प्रोग्रामिङ गरिएको छ ।

प्रतिकृया दिनुहोस्