Monday, September 28

बिहानै थपिए १० संक्रमित, नेपालमा कोरोना संक्रमित संख्या २९१ पुग्यो.,सरकारले कम्तिमा १० दिन लकडाउन थप्दै,

May 17, 2020 498

काठमाडाैँ, ४ जेठ । नेपालमा काेराेना भाइरस (काेभिड-१९) संक्रमितकाे संख्या २९१ पुगेकाे छ ।

आइतबार बिहानै १० जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । उनीहरूकाे सबै राैतहटका रहेकाे मन्त्रालयकाे भनाइ छ ।

काठमाडौं। सरकारले अन्तिम पटक थप गरेको लकडाउनको अवधि भोलि (सोमबार) सकिँदैछ। लकडाउन जारी रहेकै अवस्थामा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै एक जनाको मृत्युसमेत भएपछि सरकारले थप शतर्कता अपनाउने भएको छ।

आइतबार कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठिन उच्चस्तरीय समितिको बैठक बसेर लकडाउन बढाउने सिफारिस गर्दैछ। यसअघि बसेको समितिको बैठकमा लकडाउनका विभिन्न मोडालिटीका बारेमा पनि छलफल भएको थियो।

कोरोना संक्रमणमा कारण एक महिलाको मृत्यु भएपछि सरकारले लकडाउनलाई थप कडाइ गर्दै दश दिन थप गर्ने तयारी गरेको स्रोतले जनाएको छ। अहिले मुलुकभर कोरोना संक्रमितको संख्या बढिरहेको र एक जनाको मृत्यु नै भएपछि सरकारले थप कडाइ गर्दै लकडाउन थप गर्ने तयारी गरेको हो।

लकडाउन लम्ब्याउने र मोडालिटीका बारेमा उच्चस्तरीय संयन्त्रणले विज्ञहरुसँग सुझाव संकलन गरेको थियो। सरकारले राजधानी छिर्ने मुख्य नाकामा झन कडाइ गर्ने नीति लिएको छ।

 

प्रतिकृया दिनुहोस्