Monday, September 28

स्वरेजलाईयुभेन्टसको अफर

August 28, 2020 49

एजेन्सी, १२ भदौ । बार्सिलोनाका उरुग्वेका स्टार खेलाडी लुइस स्वरेजलाई इटालियन च्याम्पियन युभेन्टसले अफर गरेको छ । गोल डटकमका अनुसार युभेन्टसले स्ट्राइकर गोन्जालो हिगुइनको ठाउँमा स्वरेजलाई लैजान लागेको हो ।

बार्सिलोनामा नयाँ म्यानेजर रोनाल्ड कोम्यान आएपछि स्वरेजलाई बार्सिलोनाको आउँदो सिजनको टिममा समावेश नगर्ने स्पष्ट गरेका थिए । बार्सिलोनाले कोरोना महामारीका कारण नयाँ खेलाडी भित्र्याउन फाइनान्सियल व्यवास्थापनका लागि पनि केहि खेलाडी बेच्नु पर्ने बताउँदै आएको छ ।

 

स्वरेजले बार्सिलोना छोड्ने निश्चित भएपछि युभेन्टसका नयाँ म्यानेजर आन्द्रे पिरलोले हुगैनको ठाउँमा स्वरेजलाई भित्राउन प्रयास शुरु गरेको बताइएको छ । तर अफरबारे केही खुलाइएकाे छैन । स्वरेजले पनि केही प्रतिक्रिया दिएका छैनन् ।

स्वरेजलाई प्रिमियर लिग क्लबहरुका साथै नेदरल्याण्डसको आयाक्सले समेत अफर गरिसकेको छ ।

२०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना आएका स्वरेजले अहिलेसम्म बार्सिलोनाका लागि २८३ खेल खेल्दै १९८ गोल गरेका छन् भने यस सिजनमा कुल ३६ खेल खेल्दै २१ गोल गरेका थिए ।

क्लबको खराब सिजनपछि बार्सिलोनाले आफ्ना मुख्य प्रशिक्षक क्वेक्वेइन सेटिनलाई बर्खास्त गरेर नयाँ प्रशिक्षक रोनाल्ड कोम्यान समेत भित्र्याइसकेको छ।#news24nepal

प्रतिकृया दिनुहोस्