मंगलबार ३१ चैत्र २०७७

काठमाडौँ ,मिति २०७७/०९/२५
भोलेनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा संस्थाको कार्यालय लाजिम्पाट काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाबाट प्रेम बहादुर सिङदनको अध्यक्षतामा ७ सदस्यीय संचालक समिती,३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति सहित विभिन्न उपसमितिहरुको निर्वाचन प्रक्रिया मार्फत निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिको संयोजक सपना तामाङ भण्डारी सदस्यमा कमान सिं लामा र हेमा चौधरी रहेको निर्वाचन समितिलाई निर्वाचनको सम्पुर्ण जिम्मेवारी दिइएकोमा संस्थाको बिनिमय अनुसारको एक पदमा एक जनाको मात्र उम्मेदवारी परेकोले निर्वाचन समितिले सबै पदहरुमा निर्बिरोध निर्वाचित भएको घोषणा गरि सफल कार्यकालको शुभकामना सहित निर्वाचित पदाधिकारिहरुलाई सफत गराउनु भएको थियो ।

नवनिर्वाचित अध्यक्ष प्रेम बहादुर सिङदनले अध्यक्षको पदमा निर्बिरोध चयन गरेर सहकारीको सेवा गर्ने मौका दिनुभएकोमा सम्पुर्ण शेयरधनी सदस्यज्यूहरुलाई हार्दिक धन्यवाद दिदै आगामी दिनहरुमा समेत सदस्यहरुबाट सहभागिता र सहयोगको अपेक्षा गर्नुभएको थियो। साधारणसभा पौष २२ गतेदेखि २५ गतेसम्म संचालन गरिएकोमा शेयरधनी सदस्यहरुको उल्लेखनिय रूपमा सहभागिता भएको थियो ।

निर्बिरोध निर्वाचित पदाधिकारीहरुको नामावली निम्न अनुसार रहेको छ ।
संचालक समिति
१. अध्यक्ष प्रेम बहादुर सिङदन
२. उपाध्यक्ष डम्बर बहादुर आचार्य
३. सदस्य राम शरण सुबेदी
४. सदस्य उत्तम बोहरा
५. तिलक बहादुर तामाङ
६. सदस्य सम्झना लामा
७. सदस्य आइत मान तामाङ
लेखा तथा सुपरिवेक्षण समिति
१. संयोजक गङ्गा बहादुर तामाङ
२. सदस्य सुजन नेउपाने
३. सदस्य रजनी थापा
कर्जा उपसमिति
१.सदस्य सबिना तामाङ
२. सदस्य मनोज दहाल
शिक्षा उपसमिति
१.सदस्य रमेश कुमार सुवेदी
२. सदस्य रमेश आचार्य

१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया