शनिबार ०४ बैशाख २०७८

काठमाडौं, १७ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ निरुदेवी पालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता नै खारेज गरिदिन सुझाव दिएकी छन् । नेतृ पालले सोसल मिडिया फेसबुकमार्फत् प्रधानमन्त्री ओलीलाई संघीयता नै खारेज गरिदिन सुझाव दिएकी हुन् ।

नेतृ पालले लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्री ज्यू ! आँट गर्नुस्, संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५ केन्द्रको मन्त्रीमण्डल बढीमा १५ सदस्यीय र भ्रष्टाचारीलाई जेलको कालकोठरीमा सडाउने आँट गर्नुस् । नेपाली जनताको मनमस्तिस्कमा सँधै बस्नुहुनेछ । मेरो ब्यक्तिगत बिचार !’

संघीयता खर्चिलो भएको र प्रदेशको काम नै नदेखिएको बताउँदै नेतृ पालले स्थानीय तहलाई थप बलियो बनाउन र संघीयता खारेज गरिदिने आँट प्रधानमन्त्री ओलीले गर्नुपर्ने बताएकी हुन् । स्रोत :news24nepal

२५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया