आइतबार ०५ बैशाख २०७८

साताको तेस्रो दिन अर्थात मंगलबार (आज) नेपाली बजारमा सुनको भाउ घटेको छ। अघिल्लो दिन २ सय रुपैयाँले बढेको सुन आज भने प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ८५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

 

५०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया