शनिबार ०४ बैशाख २०७८

काठमाडौं – हाम्रो घर वरीपरी सजिलै पाइने पुदिना निकै उपयोगी छ । सजिलै उम्रने पुदिना औषधीय गुणले भरीपुर्ण हुन्छ । यसका विभिन्न रोग निवारण गर्ने क्षमता हन्छ ।

यसमा प्रशस्त भिटामिन सी पनि पाइन्छ । पुदिनाले छालाको हरेक संक्रमण निको पार्ने सहयोग गर्छ । यसको प्रयोगले दाग तथा डण्डीफोर पनि हट्छ । ग्याष्ट्रिक छ भने पनि तुलसी, कालो मरिचसंग पुदिना मिसाएर खाएमा निको हुन्छ ।

हात, खुट्टा र जोर्नी दुख्ने समस्या छ भने बदामको तेलसंग पुदिनाको केही थोपा मिसाएर मालिस गरेमा निको हुन्छ । बालबालिकालाई झाडापखाला लागेमा पनि दूधमा पुदिनाको पात उमालेर २ चम्चा २ ३ पटक खाएका ठिक हुन्छ ।

ज्वरो आएमा पनि पुदिना र तुलसीको पात पानीमा उमालेर खाएमा ठिक हुन्छ । गिँजा सुन्निने समस्या छ भने दिनहुँ पुदिना चपाएर खाएमा ठिक हुन्छ । पुदिनाको पत्तालाई कागतीको रसमा मिसाएर खाएमा बान्ता रोकिन्छ ।

खाली पेटमा मह मिसाएर दैनिक एक पोटी लसुन खानुहोस्, हुनेछन् यी १० फाइदा

काठमाडौँ । मह एन्टी बायोटिक र एन्टी ब्याक्टेरियल हुन्छ भने लसुनमा एलिसिन र फाइबरजस्ता फाइदाजनक न्यूट्रियन्ट्स हुने गर्दछ । यी दुबै मिसाएर खाँदा तपाईंको तौल घटाउनुका साथै विभिन्न रोगबाट छुटकारा दिनेछ । यी दुबै मिसाएर खानुका १० फाइदाः

तौल घट्नुः

शरिर र लसुनको मिश्रणले शरिरको बोसोलाई कम गर्दछ । यसले तौल घटाउन सहयोग गर्दछ ।

मुटुको समस्याः

यसले कोलेस्ट्रोल कम हुन्छ र रक्त संचारलाई सन्तुलनमा राख्दछ ।

बलियो दाँतः

यसमा पाइने फस्फरसले दाँत बलियो बनाउँछ । यसले गमको समस्याबाट पनि जोगाउँछ ।

क्यान्सरः

लसुन र महमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सर हुनबाट जोगाउन सहयोग गर्दछ ।

संक्रमणः

यसमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसकारण फंगल इन्फेक्सन हटाउन यो फाइदाजनक हुन्छ ।

रुघा खोकीः

यो खाँदा शरिरमा गर्मी बढ्छ । त्यसकारण चिसो महिनामा रुघा खोकीबाट टाढा राख्छ ।

प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछः

लसुन र महले रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ । यसले शरिरको संक्रमणबाट बचाउँछ ।

थाहा पाउनुस् लसुन खानुका अन्य फाइदाः

मधुमेहः
यसले रगतमा सुगरको स्तरलाई नियन्त्रणमा राख्दछ । यसकारण यो मधुमेहका लागि फाइदाजनक हुन्छ ।

रक्तचापः
यसमा एलिसिन हुन्छ जसले रक्तचापलाई साधारण राख्दछ । यसले शरिरमा बोसोलाई कम गर्नमा फाइदाजनक हुन्छ ।

बाँझोपनः
यसमा सेलेनियम हुन्छ जसले बाँझोपनलाई हटाउन सहयोग गर्दछ ।

३६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया