शनिबार ०४ बैशाख २०७८

महिनावारी हुदा हिन्दु समाजमा मन्दिर प्रवेश नगर्नु भनेको छैन । पर बस्नु भनिन्छ । यो महिनावारीमा दिएको छुट्टी हो । तिम्रो शरीर बाट रगत जादा तिमि कमजोर हुन्छौ भनेर आराम दिएको छुट्टी हो । प्राचीन संस्कारको संस्कृती पछाडीको ज्ञान हेर्ने गरौ।महिनावारीमा तिमी कोहि एक भन्दा अपवित्र हुदैनौ । मन्दिर भन्दा पवित्र हुन्छौ । मन्दिर भन्दा संवेदनशिल ( sensitive ) हुन्छौ । पिरियडमा मन्दिर नजानु भनेको पुरातन समाजमा मन्दिर टाढा हुन्थे । फेरि मन्दिर जानू भनेको मन्दिर गएर नमस्कार गरेर फर्कनु मात्र थिएन ।

मन्दिर निराहार शुद्ध भएर जाने गरिन्थ्यो । महिनावारीमा मन्दिर निराहार निर्जल जादा घण्टौ साधना गर्दा तिम्रो स्वास्थ्यमा असर पर्छ तिमी झन कमजोर हुन्छौ भनेर मन्दिर नजाउ भनिएको हो ।कालान्तरमा यो निषेधको रुपमा बुझियो । भारतमा काम्ख्या मातालाई नै पिरियड हुन्छ । हिन्दु समाजमा नारी देवि हुन् ।

यदि नारीले हिन्दु धर्म संस्कार संस्कृती जोगाउन नसके एउटा युग गुमाउनेछन् । तिमी महिनावारीमा अछुत वा अयोग्य हुदैनौ तिमी मन्दिर भन्दा पवित्र हुन्छौ । मन्दिर बनाउने मान्छे जन्माउने पनि तिमी/नारी हौ । तिमी जुनसुकै बेला मन्दिर जान सक्छौ । किन नजान भनियो फरक कोणबाट हेर्न सक्छौ । हिजो कुन अभ्यास थियो त्यसलाई जानेर बुझेर मात्र प्रश्न गर । राम्रो लागेमा अवश्य शेयर गर्नुहोला । नर्स नेपालबाट

यस्ता संकेत देखिए हुन्छ धन लाभ

हिन्दू धर्म शास्त्र र विशेष गरि वास्तु शास्त्रमा शुभ र अशुभ कुराहरुको संकेतबारे व्याख्या गरिएको पाउन सकिन्छ ।

जीवनमा घट्न विभिन्न घटनाक्रमहरुबाट विभिन्न संकेतबाट शुभ हँदैछ कि अशुभ भन्ने थाहा पाउन सकिन्छ । यस्ता संकेतले भविष्यमा हुने घटनाले तपाइँलाई राम्रो गर्छन् कि नराम्रो भन्ने थाहा दिन्छन् । धन प्राप्तिका लागि कस्ता संकेत शुभ ?

१, यदि तपाइँको दायाँ हातको हत्केला चिलायो भने बुझ्नुस् तपाइँलाई धन हात पर्दैछ । बैंक जाने समयमा बाटोमा गाइ देख्नु भो भने तपाइँको काम पुरा हुन्छ ।

२, विहीबारको दिन कुमारी कन्या पहेंलो बस्त्रमा देख्नु भो भने तपाइँलाई धन लाभ हुन सक्छ ।

३, यदि कतै जाँदा सुन्दर स्त्री बाटोमा देख्नु भो भने पनि धनलाभ हुने सम्भावना हुन्छ । यदी पैसा हातबाट खस्यो भने तपाइँलाई धनलाभ हुन सक्छ ।

४, सपनामा हरियो घास , पात देखिएमा ।

५, यदि सपनामा मोती, मुङ्गा, हार जस्ता गहना देख्नु भो भने घरमा लक्ष्मीको बास हुन्छ ।

६, पैसाको कारोवार गर्न जान लाग्दा कपडा लगाउने समयमा खल्तीबाट पैसा खस्यो भने पनि राम्रो संकेत हो ।

७ विहान उठ्ने वित्तिकै ढोकामा भिखारी माग्न आएको छ भने तपाइँको माग्नु पर्ने पैसा नमागी उठ्छ ।

८, सपनामा कट्टु लगाएर कपडामा टाँक लगाएको देख्नु भो भने धन मात्र होइन सम्मान समेत मिल्न सक्छ ।

९ कतै जाँदा लोखर्केले बाटो काट्यो भने पैसा हात पर्न सक्छ ।

१० सपनामा फूल नास गरेको देख्नु भो भने यसले पनि धन प्राप्तिको संकेत गर्छ ।

११ सपनामा मुत्र, वीर्य, वा दिशा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।

१२ सपनामा उँट देख्नु भो भने यसबाट पनि धन प्राप्त हुने संकेत मिल्छ ।

१३, तपाईले मन पराएको गुरु ,जोगी वा धर्मात्मीक ब्यक्ती देखिए ।

१४, सपनामा कुनै निर्दोष ब्यक्तिले मुद्धाबाट सफाइ पाएको देख्नु भो भने धन प्राप्त हुन सक्छ । सपनामा तपाइँको छातीमा कसैले चलाएको वा कन्याएको देख्नु भो भने पनि धन हात लाग्ने संकेत हो ।

१५ विहान शंखको आवाज सुनिए पनि लाभ हुने मान्यता रहेको छ ।

३५० पटक हेरिएको

तपाईको प्रतिक्रिया