शनिबार ०४ बैशाख २०७८

शास्त्रमा विवाहका लागि राशिको निकै महत्व हुने गर्दछ। विवाह कुरा हुँदा राशि र कुण्डलीको कुरा पनि आउने गर्दछ। शास्त्रमा विश्वास गर्नेहरुले यसलाई निकै महत्व मान्ने गर्दछन्। आज हामी तपाईलाई विवाहका लागि यस्ता ३ राशिका युवतीका बारेमा जानकारीस दिदैछौँ, जो सबैभन्दा उत्तम मानिने गर्दछन्।

आउनुहोस् जानौँ कुन कुन हुन ती राशि ?

मेष राशि
मेष राशिका युवतीहरु आफ्नो पतिलाई मजबूत, जिम्मेवार र योग्य बनाउनमा सहयोग गर्ने गर्दछन्। साथै यस्ता युवतीहरु आफै पनि निकै मजबूत र जिद्धि हुने गर्दछन्। यी राशिका युवतीहरु आफ्ना बच्चालाई पनि लिडर र सफल बनाउनमा निकै मेहनत गर्ने गर्दछन्।

कर्कट राशि
कर्कट राशि भएकी युवती विवाहका लागि सबैभन्दा उत्तम मानिने गर्दछन्। यस्ता राशि भएका युवतीले आफ्ना पतिलाई गहिरो प्रेम भाव राख्ने गर्दछन्। साथै यिनीहरु आफ्नो प्रेमका लागि निकै प्रतिवद्ध हुने गर्दछन्। यी राशिका युवतीलाई मिठो मिठो खाना बनाउन निकै मन पर्दछ। साथै यिनीहरुले आफ्नो पतिबाट प्रेम र केयरीङको इच्छा राख्ने गर्दछन्।

सिंह राशि
यी राशिका युवती एक योद्धा समान हुने गर्दछन्। यस्ता युवतीलाई अविश्वसनिय शक्ति र क्षमता भएका पुरुष निकै मन पर्ने गर्दछ। साथै यी राशि भएका युवतीहरु आफ्नो पतिका लागि पूर्ण समर्पित हुने गर्दछन्। यिनीहरु प्रेममा निकै वफादार हुने गर्दछन्। यिनीहरु आफ्नो बच्चा र प्रेमको रक्षाका लागि जुनसुकै कदम उठाउन पनि तयार रहने गर्दछन्।

हातमा पैसा टिक्दैन ? यस्ता छन कारणहरु

तपाई पैसा नजोगिएर हैरान हुनुभएको होला ? कमाइको र खर्चको तालमेल नमिल्दा समस्या भोग्नेहरु धेरै हुन्छन् ।

देखिने र ठूलो खर्च गर्ने स्थान पनि हुँदैन तर साथमा पैसा बचत पनि नहुँदा धेरै मानिसले मेरो हातमा त पैसा नै टिक्दैन भन्ने पनि गरेका छन् ।
यस्तो समस्या तपाईले पनि भोग्नु भएको छ भने यि उपाय काम लाग्न सक्छन् ।

पहिला खर्चको लिस्ट बनाउनुहोस्

सानोदेखि लिएर ठूलो खर्चसम्मको एउटा लक्ष्य बनाउनुहोस् । यो लक्ष्य पूरा गर्न प्रयास गर्नुभयो भने बारम्बार हुने खर्चमा नियन्त्रण हुन सक्छ र यसले आम्दानी र खर्चबीच एउटा सन्तुलन पैदा गर्छ ।

जस्तै तपाईंलाई गाडी किन्नु छ, घर बनाउनु छ या बिहे गर्नुछ भने यी कुराहरू लेख्नुस् । कुनै खर्च गर्नुभन्दा अगाडि आफूले राखेका लक्ष्यहरूलाई सम्झिने प्रयास गर्नुस् । लक्ष्य अगाडि भएपछि वचत गर्न सजिलो हुन्छ ।

क्रेडिट कार्डको खर्चमाथि नियन्त्रण

केही मान्छेहरू आफ्नो खर्चका लागि क्रेडिट कार्डमा निर्भर हुन्छन् जुन खराब बानी हो । खर्च गर्न क्रेडिट कार्डमाथि निर्भर रहनु भनेको वचत हुन कठिनाइ हुनु हो । क्रेडिट कार्ड प्रयोग गर्नुपरेमा त्यतिमात्र खर्च गर्नुस् जति तपाईंको बैंक एकाउन्टमा पहिल्यैदेखि वचत छ । एक महिनामा जति तिर्न सकिन्छ त्यति मात्र क्रेडिट कार्डबाट खर्च गर्नुपर्छ ।

ऋण नराख्नुहोस्

आफूमाथि कुनै पनि किसिमको ऋण राख्नु हुँदैन । कहींबाट ऋण लिएको छ भने त्यसलाई छिटै तिर्ने कोशिस गर्नुपर्छ । यदि तपाईंसँग कहीं बाट पैसा आउँदै छ र तपाईंले घर या गाडी किन्न खोज्नुभएको छ भने त्यसलाई रोकेर आफ्नो ऋण तिर्नतिर लाग्नुहोस् ।

आपतकालीन कोष बनाउनुहोस्

वचतसँगै वित्तीय सुरक्षाको पनि ध्यान राख्न जरुरी छ । तपाईंले आफ्नो लागि सबैभन्दा पहिला आपतकालीन कोष बनाउनुहोस्, यसो गरियो भने कुनै अप्ठेरो परिस्थितिमा त्यो पैसा तपाईंले प्रयोग गर्न सक्नुहुन्छ । इमर्जेन्सी फण्ड भएपछि तपाईंलाई ऋण लिन आवश्यक नपर्न सक्छ ।

 

३५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया