शनिबार ०४ बैशाख २०७८

जीवन सुन्दर फूल हो। यो फूललाई कसरी सजाउने, हुर्काउने र बढाउने भन्ने आफैंमा भरपर्छ। मानिस स्वभावैले आफूलाई सुन्दर देखाउन चाहन्छ। यही चाहनाअनुरुप आफूलाई सुन्दर र जवान बनाइराख्न हरसम्भव प्रयास गरिरहेको हुन्छ।

सुन्दर भन्नेवित्तिकै धेरैजसो मानिसले राम्रो अनुहारलाई मात्र बुझ्ने गरेका छन्। तर, अनुहार मात्र हेरेर सुन्दरताको मापन हुँदैन। सुन्दर र जवान देखिन शीरदेखि पाउसम्म मात्र होइन, सोचमा पनि सुन्दरता झल्किएको हुनुपर्छ। अनुहारका साथसाथै, कपाल, नङ, लवाई इत्यादिले सुन्दर बन्न सघाउँछ।

आज हामी तपाईलाई कम उमेरमै छाला चाउरिने समस्या किन हुन्छ र यसबाट जोगिन के गर्ने भन्ने बारेमा जानकारी दिदैछौँ । प्रायः कम महत्वमा पर्ने तर अति नै संवेदनशील अंग हो, छाला । मानव शरीरको सौन्दर्यसँग जोडिएकाले यसको हेरचाहमा वैज्ञानिक तरिका अपनाउनुपर्छ।

पाठेघरको मुखको परीक्षण गर्नुभएको छ– १० वर्ष अगाडि थाहा हुन्छ क्यान्सर

नेपालमा पाठेघरको मुखको क्यान्सर महिलाहरुमा बढ्दै गएको छ ।पाठेघरको क्यान्सर हुनु अगाडि नै पत्ता लगाउन सकिने भएपनि यो रोगको विषयमा जनचेतना नहुँदा र समयमा स्वस्थ्य परिक्षण नगराउँदा धेरै महिलाको अकालमै ज्यान गइरहेको छ । पाठेघरको मुखको क्यान्सर समयमै पहिचान भएमा यसलाई निको पार्न सकिन्छ ।

कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर ?

सूक्ष्म जीवाणुको संक्रमणले पाठेघरको मुखको क्यान्सर हुन सक्छ । यो जीवाणु असुरक्षित यौन सम्पर्कबाट गर्छ । पाठेघरको मुखमा संक्रमण भए पनि कुनै लक्षण तथा चिन्हहरु देखा नपर्न पनि सक्छ । त्यसैले स्त्री रोग विशेषज्ञसँग समयमै पाठेघरको परिक्षण र परार्मश लिनुपर्छ ।

क्यान्सर हुनु अगाडि नै यसरी थाहा पाउँन सकिन्छ

पाठेघरको मुखको क्यान्सर हुनुभन्दा अगाडिको अवस्था पाठेघरको मुखको परीक्षण बाट थाहा पाउँन सकिन्छ । तालिम प्राप्त स्वास्थ्यकर्मीबाट पाठेघरको मुखमा औषधि लगाई गरिने परीक्षण विधि अपनाउन सकिन्छ ।

यो परिक्षण यौन सम्पर्क भएका ३० देखि ३० वर्ष उमेर पुगेका सबै महिलाहरुले आफूलाई कुनै समस्या नदेखिएपनि परीक्षण गराउनु पर्छ । यो परिक्षण प्रत्येक ५ वर्षमा एकपटक गराउनुपर्छ ।

पाठेघरको मुखमा औषधि लगाई गरिने परीक्षणबाट पाठेघरमा क्यान्सर हुनुभन्दा करिब १० वर्षअगाडिको अवस्था थाहा पाउन सकिन्छ । यो परीक्षणबाट क्इान्सर हुने नहुने थाहाँ पाउन सकिन्छ । पाठेघरको मुख औषधि लगाई गरिने परीक्षणबाट समस्या देखिएमा उपचार शुरु गराउनु पर्छ । सरकारी स्वास्थ्य संस्थामा निशुल्क पाठेघरको परीक्षण निशुल्क गरिन्छ ।

३३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया