शनिबार ०४ बैशाख २०७८

४ चैत, काठमाडौं । ४० वर्ष भारतको जेलमा रहेका नेपाली दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई अदालतले छाड्न आदेश दिएको छ ।

उनलाई कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले रिहा गर्न आदेश दिएको हो ।

यसअघि उच्च अदालतले दार्जिलिङ अदालतको मिसिल मगाउन आदेश दिए पनि दीपकका वकिल हिरक सिन्हाले यसअघि नै त्यो मिसिल पेश गरिसकेको जानकारी दिएका थिए ।

त्यसपछि बुधबार साँझ दीपकलाई रिहा गर्ने आदेश दिएको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका कर्मचारी सतीश थापाले अनलाइनखबरलाई जानकारी दिए ।

६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया