
काठमाडौं, ७ माघ । संसद बिघटनकोविरुद्धमा नेकपा प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा बृहत मोटरसाइकल र्याली निकालेको छ ।
संसद बिघटनविरुद्ध माघ ९ गते काठमाडौँमा गर्ने जनप्रदर्शन अघि सो पक्षले बुधबार काठमाडौंमा बृहत मोटरसाइकल ¥याली निकालको हो ।
भृकुटीमण्डपबाट सुरु भएको मोटरसाइकल र्याली थापाथली, कुपण्डोल, जावलाखेल, लगनखेल, सातदोवाटो हुँदै तीनकुनेमा पुगेर समापन भएको थियो ।
नेकपाको झण्डा र सूर्य चुनाव चिन्हसहित र्यालीमा सहभागी भएकाहरुले संसद बिघटन विरुद्ध नारा लगाएका थिए । उनीहरुले असंवैधानिक कदम चालको भन्दै प्रधानमन्त्रीको राजीनामा माग समेत गरेका छन् ।
संसद बिघटन विरुद्ध नेकपाले माघ ९ गते काठमाडौंमा जनप्रदर्शन गर्ने तय गरेको छ ।