मंगलबार ३१ चैत्र २०७७

काठमाडौँ, ७ माघ । प्रदेश १ को बुधबार बस्ने प्रदेशसभा बैठक अवरुद्ध हुने सम्भावना बढेको छ । सत्तारुढ दल नेकपाका दुई समूहले एक–अर्कालाई निषेध गर्ने निर्णय गरेसँगै बैठक अवरुद्ध हुने सम्भावना बढेको हो ।

विवाद उत्कर्षमा रहेको बेला बस्न लागेको प्रदेशसभा बैठक मुठभेडतर्फ जाने सम्भावना बढेको हो । नेकपाका एकले अर्को समूहलाई कारबाही गरेको बताउँदै आएको समयमा बस्न लागेको प्रदेशसभा बैठकमा ओली पक्षद्वारा सांसदलाई प्रदेशसभामा रोक्ने तयारी रहेको छ । प्रचण्ड–माधव समूहको प्रदेशसभामा प्रवेशमा अबरोध भए प्रतिवाद गर्ने रणनीति बनाएका छन । यतिसम्म कि दुबै पक्ष एक–अर्काप्रति आक्रामक देखिएपछि प्रदेश सभा बैठक मुडभेठतर्फ जाने संकेत देखिएको छ ।

नेकपाको दुबै समूह एक अर्को प्रति आक्रमक देखिएपछि प्रदेश सभा बैठकमा हुनसक्ने सम्भावित मुडभेठलाई ध्यानमा राखेर मर्यादापालकको संख्या थपेको छ । यद्यपि, अवरोधलाई चिर्न सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक डाक्नु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बुधबारदेखि सुरु हुने प्रदेशसभा बैठकमा दलको नेताको हैसियतमा मुख्यमन्त्री शेरधन राईलाई बोल्न नदिने निर्णय गरेको छ । मंगलबार नै बसेको ओली समूहको संसदीय दलको अनौपचारिक बैठकले प्रचण्ड–माधव समूहका १६ सांसदलाई संसदीय गतिविधि गर्न नदिने निर्णय गरेको छ ।srot:news24nepal.

१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया