
काठमाडौँ । आज साताको दोस्रो दिन अर्थात सोमबार पनि सुनको भाउ घटेको छ।
आइतबार ७ सय रुपैयाँले घटेको सुनको छापावाल मूल्य आज प्रतितोला २ सय सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९१ हजार ८०० सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज तेजावी सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।